
मंसिर४,बिहिबार / साताको अन्तिम दिन बिहीबारको बजारमा कुल ६ अर्ब ११ करोड ६७ लाख रुपैंयाको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।सो दिन कुल १ सय ७२ कम्पनीको कारोबार भएका थिए । बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ४१ करोड रुपैंयाको कारोबार भयो ।
हिमालयन डिस्टिलरीको २९ करोड र नेपाल लाइफ इन्स्योरेन्सको १६ करोडको कारोबार हुँदा अरु कम्पनीको कारोबार भने १० करोडभन्दा कम थियो । कुल १ सय ७२ कम्पनीको कारोबारमध्ये यो दिन १ सय ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ । २३ वटाको मूल्य घट्दा १६ वटा कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।