प्रहरीले एक बालिकालाई बलात्कार गर्ने १ जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर २ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका वडा नम्बर-२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोट वृत्तका अनुसार बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिएको छ। मङ्सिर १ गते सोमबार घटना घटे पनि लोहार फरार रहेका थिए। पक्राउ लोहारलाई करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले बताएको छ।
