janau tasbir
काठमाडौंको बालाजु माछापोखरी क्षेत्रमा प्रहरीको ईन्सपेक्टर हुँ भनि सर्वसाधारण व्यक्तिहरूलाई धाक धम्की दिई रकम माग गरेको आरोपमा तिन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट तादी गाउँपालिका-८ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-३ बस्ने २३ वर्षीय रमेश तामाङ, दोलखा मेलुङ गाउँपालिका-५ डाँडाखर्क घर भई काठमाडौं वनस्थली ढुङ्गेधारा बस्ने ३३ वर्षीय तुल बहादुर मगर र नवलपरासी कावासोती नगरपालिका-१२ पिठौली घर भई काठमाडौं स्वयम्भु बस्ने ३६ वर्षीय गुविराम घले रहेका छन् ।
धाक धम्की दिँदै रकम माग गरी दु:ख हैरानी दिई अशान्ति श्रृजना गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाईएको उक्त महाशाखाले जनाएको छ ।
