समाचार
[mashshare]
कंलकीस्थित मकालु पेट्राेल पम्प अगाडि दुर्घटना तिन जनाको मृत्यु

काठमाडौंको कंलकीस्थित मकालु पेट्राेल पम्प अगाडि कुखुरा बाेक्ने गाडी राेकिरहेकाे ट्रकमा ठोक्किँदा ३ जनाकाे मृत्यु भएकाे छ । बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङमा राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ न को कुखुरा बोक्ने गाडी ठोक्किँदा साेही कुखुरा बाेक्ने गाडीमा सवार तीन जनाकाे मृत्यु भएकाे हाे ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार कुखुरा बाेक्ने गाडीमा सवार ४ जना नजिकै रहेकाे कलंकीस्थित सहिद अस्पतालमा उपचारकाे क्रममा ३ जनाको मृत्यु भएको बताएको छ । दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको ।मृत्यु हुनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेको छन् ।