जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहिबार)को मौसम पूर्वानुमान जारी गरेको छ।आज देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण देशभरको मौसम सफा हुने मौसमविदले बताएका छन्।हाल प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।त्यस्तै ,राति प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
