राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ । केहीदिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको छ ।
पूर्वउपप्रधानमनत्री समेत रहेका केसी करिब एक महिनादेखि भैरहवामा थिए । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।
मंगलबार बुटवलबाट काठमाडौँ आएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा केसीले कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको हो ।
