
पछिल्लो २४ घण्टामा १० हजार ८१ पीसीआर नमूना परीक्षण गरिएकोमा २हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। संक्रमित मध्ये १ लाख ६२ हजार २४३ जना संक्रमण मुक्त भएका छन् ।
२४ घण्टामा १ हजार ६६६ जनाले कोरोना जितेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ हजार १७४ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १० हजार ५१९ जना र होम आइसोलेसनमा २८ हजार ३९३ जना रहेका छन् । क्वारेन्टाइनमा १ हजार १०९ छन्।