थानकोटमा बसको ठक्कर बाट एकजना को मृत्यु ,फरार भएको बस पेप्सीकोला बाट पक्राउ

काठमाडौंको थानकोट नजिक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान अन्दाजी ४:३० बजे चन्द्रागिरि नगरपालिका-७ थानकोट हाइवेमा दुर्घटना भएको हो।मलंगवा-काठमाडौंमा चल्ने ना ५ ख ८४७४ नम्बरको बसले उनलाई ठक्कर दिएर भागेको थियो। ठक्करबाट बाजुरा घर भई चन्द्रागिरि नगरपालिका-६ महादेवस्थान बस्ने २५ वर्षीय नवीन लोहार गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै अस्पताल पुर्याउँदा चिकित्सकहरूले पौने ५ बजे मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।
बसको ठक्कर बाट मृतक बिहान तरकारी बोकेर बेच्न जाँदै गरेका थिए। हाइवेको आधाबाट काटेर अर्कोतर्फ जाँदा बसले ठक्कर दिएको हाइवेमा जडान गरिएका सिसिटिभीको माध्यमबाट प्रहरी ले जनाएको छ।
पछि प्रहरीले हाइवेमा जडान गरिएका सिसिटिभीको माध्यमबाट बसको खोजी गरेको थियो।
अहिले वृत्त र नगरपालिकाको संयुक्त लगानीमा नागढुंगादेखि कलंकीसम्म ६८ वटा सिसिटिभी जडान गरिएको छ।
‘सिसिटिभीको मद्धतबाट हामीले छिट्टै बस र चालकलाई नियन्त्रणमा लिन सफल एको प्रहरी ले जनाएको छ। प्रहरीले उक्त बसलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो। सर्लाहीको हरिवन नगरपालिका-८ घर भएका बसका चालक ३४ वर्षीय सुनिल श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। चालकमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।