ललितपुरको ललितपुर महानगरपालिकाको वडा नं २६ र २७ को हाई-वे को ३ किलोमिटर बाटो बर्षौ देखि पिच नहुदा त्यहाँका बासिन्दा आक्रोशित भई गत कात्तिक १६ गते देखि बिहान १०- बेलुकी ५ बजे सम्म बाटो बन्द गर्ने कार्य भईरहेको थियो ,त्यति गर्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नभए पछि बिहान ७ बजे देखि नै बाटो बन्द गर्ने निर्णय भएको थियो। त्यहाँका युवा क्लबहरू नेवाज् ग्रुप, युथ २६, नेपालि कांग्रेस २६ र २७ का सभापतिद्वरा सुरु गरियको आन्दोलनमा त्यहाँका स्थानीय बासिन्दा कलाकार मदनकृष्ण श्रेष्ठ, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहिका साथै उक्त वडाका स्थानीय बासिन्दा , बागमती प्रदेश सांसद राजकाजि महर्जन पनि कात्तिक २२ गतेका दिन बाटो बन्द गर्ने आन्दोलनमा सक्रिय भई दिन भर बाटोमा उत्रिएका थिए।
उक्त बाटो कयौ पटक कागजि रूपमा पिच हुने सम्झौता पत्रमा उल्लेख गरि छोडि आयको हुदा,यो पटक पनि सडक विभागका डि.जि र शैलुङ कन्सट्रक्सनका प्रतिनिधिले मङ्सिर ४ गते देखि काम सुरु गरेर १५ गते भित्र पिच गरिसक्ने भनि लिखित सम्झौता भैसकेको छ।यस्तो लिखित सम्झौता यो भन्दा पहिले पनि धेरै पटक भैसकेको र बाटो बन्ने काम चाहि कहिले नभएको हुदा बाटो पिच नभए सम्म बाटो नखोल्ने भनि सांसद राजकाजी महर्जनले जानकारी दिएका छन् ।

