पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जना कोरोना(कोभिड-१९)को संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८१२ जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ।हाल नेपाल भर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने १ हजार १ सय ४९ जना क्वारेन्टिनमा छन्।
पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ,यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको छ।
