समाचार

पेस्तोल सहित तीन जना पक्राउ

[mashshare]

कञ्चनपुरको बेदकोट नगरपालिका-२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका-१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका-५ बस्ने २६ वर्षीय दिपक भट्टलाई १ थान पेस्तोल र म्याग्जीन सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बेदकोट नगरपालिका-५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७/८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । उक्त घटनामा प्रयोग भएको से.६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको जनाएको छ । साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले १ थान म्याग्जीन र २ राउण्ड गोली फेला पारेको थियो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

                स्रोत -नेपाल प्रहरी 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close