नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना(कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ,यो सँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २०६ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको संख्या एक लाख ५५ हजार ११४ पुगेको मन्त्रालयले जनाएको छ। देशभर पछिल्लो २४ घण्टामा थप १७ जना मृतकमा कोरोना पुष्टि भएको छ यो संगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ।
