कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत युनिटबाट खटिएको प्रहरी टोलीले अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बांकी रहेका बिभिन्न मुद्दा जस्तै कर्तव्य ज्यान, जवरजस्ती करणी, मानवबेचबिखन, लागु औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहु बिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका बिभिन्न मुद्धामा बिभिन समयमा फैसला भई लुकिछिपि बसेका ९७ जना पुरुष र १४ जना महिला गरी १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको छ।
स्रोत-जिल्ला प्रहरी कार्यालय स्याङ्जा
