दोलखाको दक्षिणी क्षेत्रमा पर्ने शैलुङ् गाउँपालिका -८ को स्थानीय नेता भैरब काफ्लेको फेसबुक स्टोरीमा हालेको फोटो सार्बजनिक भएको छ। सागर तामाङ्ग नामक को फेसबुक एकाउन्ट बाट उक्त फोटो सार्बजनिक गरिएको छ। उक्त फोटोमा मेसेन्जर कलमा भिडियो कल गरेर युवतीले आफ्नो कम्मर माथिको भाग खोलेर देखाएको जस्तो देखिएको छ। तर उक्त युवती को हुन् भन्ने बारे अनविज्ञ रहेको भन्दै फेसबुक मा उक्त फोटो आज (मंगलबार) अपराह्न ४:५० बजे सागर तामाङ् नामक फेसबुक आइडी बाट ”याे कसैकाे छाेरि कसैकाे बुहारि या अामा या दिदी बहिनी चिन चाहानछ सैलुङ काे जनता???” भन्दै आफ्नो फेसबुक वालमा पोस्ट गरेका हुन्। केहि समय अगाडी च्छोरोल्पा खबर संगको सम्पर्कमा नेता काफ्ले ले ”,आफ्नो छोराले अनलाइन क्लास पढन मोबाइल लागेको र गुगल वा कतै बाट डाउनलोड भै ,फेसबुक स्टोरी मा बसेको हुनसक्ने, आफु अनविज्ञ रहेको र फेसबुक स्टोरीमा कुनै फोटो राख्ने वा के गर्ने बिषयमा कुनै जानकारी नभएको बताएका थिए।
शैलुङ्ग गाउँपालिका वडा न -८ नेकपा का अध्यक्ष मोहन सिंह तमाङ्गका अनुसार सामाजिक पद बसेको व्यक्ति वा कोहि कसैले सामाजिक असर पार्ने खालका क्रियाकलाप गर्न नहुने र नेकपा शैलुङ्ग -८ सबैको हकमा यस्ता घटना कुनै आग्रह पूर्वाग्रह राखेर बचाउ गर्न तिर नलाग्ने बताएका छन्।
शैलुङ्ग -८ का वडा अध्यक्ष रामेश्वर उप्रेतीले आफ्नो कुनै धारणा राख्न नचाहेको र वडा कार्यालयमा कुनै गुनासो आए छलफल प्रक्रिया अगाडी बढाउने बताएका छन्।
स्थानीय प्रहरी चौकीका इन्चार्ज भगवान खरेल ले घटना को सत्यतथ्य छानबिन गर्ने बताएका छन्।
सागर तामाङ्गले फेसबुकमा सार्बजनिक गरिएको पोस्ट ,फोटो ब्लोर गरेका छौ।
sagar tamang post /screenshot
