मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार)को मौसम पूर्वानुमान जारी गरेको छ ।मौसम पूर्वानुमान महाशाखाको अनुसार देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भइ अरु क्षेत्रको मौसम भने आंशिक बदली हुने जनाएको छ ।
हाल देशभर प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भएको छ ।बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र हाल भारतको तेलंगानामा रहेको छ र कमजोर हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको छ ।
आज (बुधबार) दिउँसो प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।त्यस्तै देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश न १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश न १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
