राज तिमल्सिना (काभ्रे संवादाता)-
बनेपा । ईलाका प्रहरी कार्यलय बनेपाले छुरा प्रहार गरी ८ बर्ष पहिलेदेखि लुकिछिपि भागेका प्रतिबादिलाई समाउन सफल भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाँउपालिकाका २३ बर्षिया सुवास सुनारले साँस्कृतिक कार्यक्रमको समाप्तिपछि १८ बर्षिया एन्जल तामाङलाई कुटपिट गरी छुरा प्रहार गरी फरार भएका थिए ।
८ बर्षपछि गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनाको अगुवाईमा भक्तपुरको ठिमि नगरपालिका वडा नं. ९ मा लुकेर बसेको अवस्थामा समातिएका हुन् । निजलाई कानुन बमोजिम कार्बाहिका लागि सम्मानित जिल्ला अदालतमा पठाईसकेको ईलाका प्रहरी कार्यलय बनेपाका प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिनु भयो । आफ्नो कार्यकालमा धेरै कार्यमा सफल तिमिल्सिनाको यो अर्को ऐतिहासिक कार्य समेत हो ।
