नेपाली काँग्रेसले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिमाथि गम्भीर ध्यानाकर्षण गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै प्रमाणको पुष्टि गर्न चुनौतिसहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील समेत गरेका हुन् ।
बुढिगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली काँग्रेसका सभापति समेतको संलग्नता रहेको भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिनुभएको अभिव्यक्तिलाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालि कांग्रेस का प्रबक्ताले निकालेको प्रेस बिज्ञप्ति –



