डा.केसी पक्ष र सरकारी पक्ष बिचको बार्ता बिनानिष्कर्ष टुंगियो

सरकार र डा.गोविन्द केसी र बीच चलेको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।शुक्रबार रातिसम्म भएको वार्तामा सरकार पक्ष केसीका माग पूरा गर्न अग्रसर नभएपछि बिनानिष्कर्ष टुंगिएको हो।
‘हामी अबेर रातिसम्म वार्तामा बस्यौं, तर सरकार गोविन्द सरको माग पूरा गराउन अग्रसर भएन,’- केसीतर्फबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षत्रीले भने, ‘अब वार्ता फेरि कहिले हुन्छ भन्ने टुंगो पनि भएन।’
बिहीबार सरकार पक्षले वार्ताका लागि एउटा मस्यौदा तयार गरेको थियो। शिक्षासचिव गोपी मैनालीले उक्त मस्यौदा तयार पारेका थिए।
‘मस्यौदा मन्त्री र प्रधानमन्त्रीकहाँ पनि पुगेको थियो, तर कसैले पनि गम्भीरतापूर्वक लिएको देखिएन,’ क्षत्रीले भने, ‘डाक्टर केसीको जीवनबारे सरकारी पक्ष गम्भीर देखिएन।’अब डा.केसीको जीवन रक्षाका लागि शनिबारदेखि निर्णायक आन्दोलन हुने क्षेत्रीले बताए।डा. केसी २६ दिनदेखि सत्याग्रहमा छन्।उनको स्वास्थ्य अत्यन्तै गम्भीर छ।
सेतोपाटि मा खबर छ।