मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।पुर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ ।
त्यस्तै ,आज (मंगलबार) दिउँसो प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको समेत महाशाखा ले जनाएको छ।
राति भने प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
