
कान काटेर गहना लुटपाट

पूर्वी नवलपरासीको कावासोती जंगलमा लुटेराले एक महिलाको दुवै कान काटेर गहना लुटेको छन । आइतबार बिहान कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो ।तुलसीका श्रीमानका अनुसार कान काटेर २ वटा ठूला मडहरी लुटेका हुन् ।
उनको टाउकोमा पनि चोट लागेको छ । तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ । प्रहरीले लुटेराको खोजी भइरहेको जानकारी दिएको छ ।