
विश्वभर महामारी को रुप लिएको कोरोनाले ललितपुरका ३ ओटा नगर का नगरप्रमुखहरुलाई कोरोना पोजेटिभ देखिएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ ३ जना मेयर हरुमा कोरोना पोजेटिभ देखा परेको हो ।
२०७७-०६-०९ गते शुक्रवार गरिएको परीक्षणको साँझनै आएको रिपोर्टले मेयर रूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमित मेयर हरु आ-आफ्नै घरमा होम आइसोलेसनमा बस्नु भएको छ ।