अविरल बर्षाको कारण आएको भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ ।अस्पतालको आकस्मिक कक्ष र अन्य कक्ष मा पानी पसेपछि बिरामी ,स्वास्थाकर्मी र बिरामीका आफन्त लाई असहज भएको छ। स्वास्थ्कर्मि हरु खुट्टामा बुट लगाएर उपचारमा खटिएको जानकारी प्राप्त भएको छ ।
अस्पतालका सूचना अधिकारी अनुसार आकस्मिक कक्ष, अब्जरभेसन, स्टोर लगायतका कोठामा पानी पसेर जलमग्न भएको छ।
ढल निकासको उचित प्रबन्ध नहुँदा अस्पतालभित्रै पानी पसेको स्थानीयको भनाई छ।
भरतपुर महानगरपालिका अधिकांश वडा पनि जलमग्न भएका छन् ।
