शैलुङ
शैलुङ दोलखाको सदरमुकाम चरिकोटबाट दक्षिणमा अवस्थित यो स्थान ३१३६ मिटरको उचाइमा रहेको छ । साना ठूला गरी १०० वटा थुम्काहरुको रहेका छन् । तामाङ्ग भाषामा शै भनेको सय र लुङ्ग भनेको डाँडा भन्ने भई सय डाँडा वा शैलुङ्ग नाम रहन गएको भनाइ पनि छ । यहाँबाट पर्यटनलाई लोभ्याउने हिमश्रिंखलाका दृष्यहरु अवलोक गर्न सकिन्छ । यस शैलुङ्गमा प्रचार प्रसारको अभावमा यहाँ पाइने जडीबुटीको बारेमा जानकारी नहुँदा करौडौंको जडीबुटी वनजङ्गलमा कुहिने गरेको छ ।
त्यसैकारण, प्रचार प्रसारको अभावमा दोलखाको शैलुङमा शैलुङ क्षेत्रको साहित्य, कला, भेषभुषा, रहनसहन, रितिरिवाज, मठ मन्दिर, तालतलैया, गुम्बा, धर्मद्वार, गुफा, मनोरम हिमाली दृष्य जस्ता कुरा ओझेलमा परेका छन् । यस्तै प्रचुर पर्यटकीय सम्भावना बोकेको शैलुङ शैलुङ गाउँपालिका वडा नं. ८ अवस्थित छ र शैलुङको नाम कसरी रह्यो, निर्वाचन क्षेत्र कति छन्, गाउँपालिका भित्र कति वटा वडा छन्, दोलखाको शैलुङ नेपालको कुन भुगोलमा पर्दछ, कति क्षेत्रफल छ, यहाँका प्रमुख चाडपर्व, मेला जात्राहरु के–के हुन् ? कुन–कुन जातजातीहरु बसोबास गर्छन्? कति जनसंख्या छ, कुन–कुन भाषा बोलिन्छ? कुन–कुन धार्मिक स्थलहरु छन् ?
पर्यटकलाई लोभ्याउने मनोरम दृष्यहरु अवलोकन गर्ने स्थानहरु कहाँ कहाँ छन्? त्यहाँसम्म कसरी पुग्न सकिन्छ ? कुन–कुन जडिबुटी पाइन्छ ? कुन–कुन जातका पशुपन्छी तथा जनावरहरुको बासस्थान रहेको छ? विकास निर्माण, शैक्षिक, राजनीतिक, आर्थिक स्थिति के छ ? जस्ता कुराको ज्ञान छैन र त्यस्तै शैलुङको अति नै शक्तिशालि महादेवको रुपमा चिनिने महादेव मन्दिर, धर्मद्वार, बौद्ध धर्मालम्वीहरुको बिहार धेरै छन् । यसको बारेमा सम्पूर्ण नागरिकलाई जानकारी गराउनु पर्दछ ।
शैलुङ डाँडाबाट गौरीशङ्कर हिमालय लगायतका हिम श्रृङ्खलाहरुको मनोरम दृष्य अवलोकन गर्न पाइन्छ तर प्रचार प्रसारको अभावले ओझेल परेको अवस्था छ । यी यावत कुराहरुलाई सम्पूर्ण नेपाली माझ तथा विश्वमाझ चिनाउन यहाँका सम्पूर्ण चिजहरुको खोजी गर्दै अडियो भिडियो मार्फत प्रस्तुत गर्न आवश्यक परेको निम्न उद्देश्यसाथ यस गौरीशङ्कर च्छोरोल्पा मिडिया प्रा.लि. ले नविनतम कामको सुरुवात गर्ने जमर्को गरेको छ । आशा छ, यो कार्यले नेपाल मात्र नभई विश्व माझ दोलखा जिल्लाको शैलुङ, यसको भौगोलिक, प्राकृतिक अवस्था आदिले परिचय पाउनेछ । यो कार्यको हामीले आर्थिक, नैतिक, भौतिक आदिको सहयोग पाउने आशा गरेका छौं ।
हेरौ तस्बिर

लप्ची गुम्बा –चरिकोटबाट लामाबगर माथिल्लो तामाकोशी हाईड्रोपावर निर्माणधिन अवस्थामा पुग्न ६८ किमी टाढा पर्दछ । यहाँबाट लप्ची जहाँ तिब्बतको सिमना हो त्यहाँ पुग्नको लागि २ दिनमा पुगिन्छ । चीनको तिब्बतसँग जोडिएको प्राचीन व्यापारिक नाका पनि हो । लप्ची पुग्न पदयात्राबाट खोलानाला, झरना, भीरपाखा, हरियो वनजंगल हुँदै जानु पर्छ । लप्ची गुम्बा बौद्ध धर्मगुरु मिलारेप्पाको जीवनसँग जोडिएको गुम्बा हो जुन ८४५ वर्षअघि तिब्बती लामा टोबाले निर्माण गरेका हुन् । १२ वर्षमा एक पटक यहा मेला लाग्ने गर्छ । त्यत्तिबेला देश विदेशबाट पर्यटक, भक्तजनहरु आउने र ध्यान गर्ने गर्छन ।
हेरौ तस्बिर:_

थुजे छ्योलिङ गुम्बा- थुजे छ्योलिङ गुम्बा दोलखा जिल्लाको भिमेश्वोर नगरपालिका वडा नम्बर एक मा अबस्थित बौद्ध गुम्बा हो । यस गुम्बा शान्तिको खोजीमा रहेकाहरुको लागि उचित गन्तब्य बन्न सक्छ । बिगुमा रहेको टसी गुम्बा जस्तै लाग्ने यो गुम्बा धेरै सुन्दर र मनमोहक रहेको छ । थुजे छ्योलिङ गुम्बा दोलखाको सदरमुकाम चरिकोट बाट करिब ६ किलोमिटरको दुरीमा पर्दछ । बाटोमा पर्ने सिमपानी क्षेत्र , भुतपोखरी , देउराली बजार नियाल्दै थुजे छ्योलिङ गुम्बामा पुगेको पत्तोनै हुदैन । यस गुम्बा बाट रोल्वालिंग हिमश्रीन्खलाहरुको साथै अन्य धेरै ठाउहरुको अबलोकन गर्न सकिन्छ । गुम्बा प्रवेश गर्नका लागि कुनै शुल्क तिर्नु पर्दैन ।
हेरौ तस्बिर:_

