काठमान्डौ बाट रुकुम जाँदै गरेको ना ५ ख ७९४० नम्बरको बस बुटवल नारायणघाट सडक खन्ड अन्तरगत दाउन्नेमा बिहिवार बेलुका पहिरो ले पुरिदा १ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन।। सडक जाम भएपछी गाडि रोकिराखेको समयमा एक्कासी माथिबाट
खसेको पहिरोले पुरिएरको जानकारी प्राप्त भएको छ।
बसमा सवार घाइते मध्य पश्चिम रुकुमको आठविसकोट नगरपालिका १० बस्ने २५ बर्षिय हरिषचन्द केसीको विहीबार राति ९ बजेतिर उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी १० जना सामान्य घाइते भएको र ६ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।
उनीहरुको टाउको, ढाड, छातीमा चोट लागेको छ । उनि हरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ।
