नेपालीकोको महान् चाड विजया दशमी नजिकिदै गर्दा गीतकार सागर शर्माकोे दशैँ गीत ‘दशैँ होईन दशा…’ ‘कोचे नेपाल’ युटूब बाट सार्बजनिक भएको छ । राजु परियारको स्वर र विपिन आचार्यको एरेञ्ज तथा शर्माकै लय रहेको गीतको भिडियो सार्वजिनिक भएको हो ।
दीपक जोशीको निर्देशन तथा छायाँकन र सदिश जोशीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रेम शर्मा पौडेल, मुस्कान घिमिरे, किशोर पाण्डे तथा बालकलाकार प्रिसिला शर्मा पौडेल र राहुल जोशीको अभिनय हेर्न सकिन्छ ।
निकै मार्मिक शब्दहरू समेटिएको यस गीतको भिडियोमा दुःखी-गरिबको पिडा र वेदनालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई कोचे नेपाल मार्फत सार्वजनिक गरिएको छ ।
https://youtu.be/LFIzD7XUb6E
