काभ्रेपलाञ्चोक जिल्ल्ला स्थित धुलिखेल नगरपालिका–९ स्थित वीपी राजमार्गमा बिहीबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
बा.४ ख ५८७० नम्बरको माइक्रोबस सडकबाट करिब ८० फिट तल खस्दा चालकसहित १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुर्घटनाबारे सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
