
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएका संघीय तहका ११ हजार ६६० जना कर्मचारीलाई ५ हजार रुपैयाँ जनही जरिवाना गर्न सरकारलाई आग्रह गरेको छ।अख्तियारको बिहीबार बसेको बैठकले २५०४ जना निजामती कर्मचारी, नेपाल प्रहरीका १११, शिक्षक ७६१३ जना र १४३२ अन्य पदाधिकारी कर्मचारीलाई सम्पत्ति विवरण तोकेको समयमा नबुझाएको आरोपमा ५ हजार जरिवाना गराई सम्पत्ति विवरण बुझाउन लगाउने निर्णय गरेको अख्तियारले जानकारी दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउनेको विवरण सम्बन्धित मन्त्रालय, सचिवालय, आयोग र केन्द्रीय निकायमा पठाइएको अख्तियारले जानकारी दिएको छ।
