समाचार
[mashshare]
सम्पति विवरण नबुझाउने कर्मचारी लाइ कारबाही गर्न अख्तियारको आग्रह
सम्पति विवरण नबुझाउने कर्मचारी लाइ कारबाही गर्न अख्तियारको आग्रह


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएका संघीय तहका ११ हजार ६६० जना कर्मचारीलाई ५ हजार रुपैयाँ जनही जरिवाना गर्न सरकारलाई आग्रह गरेको छ।अख्तियारको बिहीबार बसेको बैठकले २५०४ जना निजामती कर्मचारी, नेपाल प्रहरीका १११, शिक्षक ७६१३ जना र १४३२ अन्य पदाधिकारी कर्मचारीलाई सम्पत्ति विवरण तोकेको समयमा नबुझाएको आरोपमा ५ हजार जरिवाना गराई सम्पत्ति विवरण बुझाउन लगाउने निर्णय गरेको अख्तियारले जानकारी दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउनेको विवरण सम्बन्धित मन्त्रालय, सचिवालय, आयोग र केन्द्रीय निकायमा पठाइएको अख्तियारले जानकारी दिएको छ।