

एजेन्सी| जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमित हुनेको संख्या विश्वभर ३ करोड २१ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ३६ लाख निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय संक्रमित छन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८२ हजार पुगेको छ ।