अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति नहुने
केही गाउँपालिकाहरुमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति भएको गुनासो आईरहेका बेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति नहुने बताउनु भएको छ ।
मन्त्रि गुरुङले अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतका सामाजिक सुरक्षा भत्ता कहीँकतै कटौति भएको भए त्यसलाई वितरण गर्न गृह,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर अघि बढने जानकारी दिनुभएको छ ।सामाजिक सुरक्षा भत्ता कटौति लगायतका विषय अन्तर मन्त्रालयसँग सम्बन्धित हुन्छ केही समस्या देखिए ती मन्त्रालयहरुसँग आवश्यक समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता पुनःवितरण गर्ने व्यवस्था मिलाईने समेत मन्त्रि गुरुङ्गले बताउनु भएको छ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ले बिहीबार भर्चुअल छलफल कार्यक्रममा बोल्दै उहाले कोरोना भाईरसका कारण समस्यामा परेका अपाङ्गता भएका व्यक्तिहरुको समस्या तत्काल सम्बोधन गर्न सरकार क्रियाशील रहेको पनि बताउनु भएको छ।
