नारायणी नदीमा पानीको सतहले खतराको तह पार गर्यो
अविरल वर्षासँगै नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको जल तथा मौसम बिभाग ले जनाएको । बिहीबारदेखि निरन्तर वर्षा भएपछि नारायणीमा पानीको बहाब बढ्दै गएको हो।देवघाट क्षेत्रमा नदीको सतहले खतराको तह पार गरिसकेको बिभाग ले जानकारी दिएको छ। नारायणगढ क्षेत्रमा सतर्कताको तह पार गर्दै खतराको तहतर्फ उन्मुख भएको, देवघाट क्षेत्रमा पानीको सतह ८.३ मिटरमा पुगेको विभागले जानकारी दिएक्को छ।विभागको अनुसार ७.३ मिटरलाई सतर्कता तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ।
नारायणगढको पुल्चोकस्थित नारायणी नदीको पुलमा पानीको सहत ११.३ मिटर पुगेको छ, ११ मिटरलाई सतर्कताको तह मानिन्छ।पुल्चोकस्थित नारायणी नदीमा पनि सतह खतराको तहतर्फ उन्मुख भइरहेको विभागले जनाएको छ । निरन्तर वर्षासँगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई चितवन प्रशासनले सतर्क रहन अनुरोध गरेको छ।
