अविरल वर्षासँगै आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु र नौ जना बेपत्ता भएका छन।कालीगण्डकी गाउँपालिका वडा नं. ४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बताएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बालिङ नगरपालिका ९ कमादीमा गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता छन।पहिरोमा परि बेपत्ता कोप खोजीकार्य र उद्धारका लागि नेपाल प्रहरीको टोली परिचालन गरिसकेको प्रशासन कार्यालयले बताएको छ।
