नेकपा को सचिवालय बैठक आज पार्टीकाे अर्काे कार्यालय पेरिसडाँडामा बस्ने भएकाे छ । गत शुक्रबारै बस्ने भनिएकाे बैठक स्थगित भएको थियाे ।पहिला माओवादी केन्द्रको पार्टी कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्न लागेकाे सचिवालय बैठकमा यसअघि भदौ २६ गतेको नेकपा स्थायी समिति बैठकले गरेका निर्णयहरु कार्यान्वयन पक्षबारे छलफलका हुने जनाइएकाे छ ।
साेही स्थायी कमिटी बैठकले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ ‘कार्यकारी अध्यक्ष’को अधिकार दिएकाे थियाे । त्यसैकाे कार्यान्वनस्वरूप उहाँले पहिलोपटक आफ्नै पूर्वपार्टी कार्यालय पेरिसडाँडामा नेकपा सचिवालय बैठक बोलाउनुभएको स्राेतकाे दाबी छ । यसअघिका सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेकाे थियाे भने बैठककाे अध्यक्षता प्रायः नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले गर्नुहुन्थ्याे ।
पहिलाेपटक दुइ अध्यक्षबीच स्पष्ट कार्यविभाजन र कार्याधिकार तय भएपछिकाे याे पहिलाे सचिवालय बैठकलाइ चासाेका साथ हेरिएकाे छ । स्राेतका अनुसार आज बस्ने बैठकले पार्टीभित्र स्थायी कमिटीका निर्णय कार्यान्वयन गराउन उपयुक्त मापदण्ड बनाउने, केन्द्रीय तथा प्रदेशस्तरीय मन्त्रिपरिषद्काे पुनर्गठनका लागि सूची तयार पार्नेलगायत विषयमा छलफल हुनेछ ।
