काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ११ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५ सय ७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना कोरोना संक्रमित थपिएका छन्।
शनिबार देशभर १ हजार २ सय ४ जनामा कोरोना पुष्टि भएको छ। देशभर कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ।
