>सुनिता खडका(ललितपुर संवादाता )
रोटरी क्लब अफ महाबौद्ध, रोटरी क्लब अफ काठमाडौं नर्थ ईष्ट र नेपाल फिड्रेसन इन्टरनेशनल कराते क्योकुशिनकाई (FIKK) को अायोजनामा इनोभेटिभ अोपन क्रृयुको सहकार्यमा २०७७/०६/०३ गते शनिबारको दिन ल.पु.मा.न.पा.वडा न.२७ सुनाकोठीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा रोटरी क्लब अफ महाबौद्धका अध्यक्ष अार.टि.एन.शिवेन्द्र कार्कि ज्यु, रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष असर.टि.एन.गोपाल दत्त पाण्डे ,ब्रान्च चिफ सिगान.महेन्द्र महर्जन र चियर सर्भिस कमिटि. अार.टि.एन. टेक बहादुर थापा उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा लगभग ५० जना जतिले रक्तदान गरेका थिए।

