”हुनेले दियर जाउँ नहुनेले लियर जाउँ” को सफल यात्रामा ललितपुर कांग्रेस
''हुनेले दियर जाउँ नहुनेले लियर जाउँ” को सफल यात्रामा ललितपुर कांग्रेस

कोभिड १९ का कारण विश्वब्यापी रुपमा फैलियको महामारी र यसले जन्मायको सङ्कटका कारण कोही पनि भोकै मर्नु नपरोस भनी ललितपुरको लुभु महालक्ष्मी युवा क्लबद्वारा विगत १४ दिन देखि दिनदुखी हरुकालागी “हुनेले दिएर जाँउ नहुनेले लिएर जाँउ” नाराका साथ Food Bank स्थापना गरी राह्त सहयोगमा सकृय उपस्थिती जनाइरहेको छ !
यसबाट २३०० बढी दुखी गरीबले प्रत्यक्ष राहत लिसकेका छन भने यसको निरन्तरताका लागि स्थानिय सबैको सकारात्मक साथ पनि देखिन्छ !
यही सहयोगमा पुगेका नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुले पनि दिल खोलेर सहयोग गरेका छन !
आर्थिक रकम तथा खाध्यान्न सहयोगमा शनिबार सहभागिता जनाउदै स्थानिय कांग्रेश नेताहरुले सहयोग गर्ने क्रममा नेपाली कांग्रेश उपत्यका समन्वय समिती १ २ ३ र ४ ईमाडोलको तर्फबाट प्रदेश सभा उमेद्वार,सन्त नेता पवन बिक्रम थापा, नगर कमिटि तथा महिला बिभागको तर्फबाट नगर सभापती दिवाकर शिलवाल लागयतका थुप्रै नेताहरुले खाध्यन्न तथा आर्थिक सहयोग गरेका छन !
लुभु महालक्ष्मी मन्दिर परिसर मा सन्चालन भयको यो कार्यक्रममा कांग्रेश नेता ललितपुर जिल्ला सभापति मदन अमात्य युबाहरुको प्रशंसा गर्दै आफ्नो साथ र सहयोग ब्यक्त गरेका छन !
जनताले साथ दियको यस्तो कार्यक्रमले आगामी दिनमा पनि समाजमा सकारात्मकता थप्न सकोस शुभकामना !!
तस्बिरहरु –