महानगरीय प्रहरी वृत्त, कालिमाटीले नियन्त्रणमा लिएका चार जना फरार भएका छन्।शुक्रबार बिहान १ बजे कालिमाटी वृत्तले शंकास्पद रूपमा हिँडिरहेका चार जनालाई नियन्त्रणमा लिएको थियो।
चोरी गरेको आशंकामा नियन्त्रणमा ल्याइएका चार जनालाई वृत्तको ड्युटी अफिसरको कार्यालयमा राखिएको थियो। तर त्यहाँबाट भागेको महानगरीय प्रहरी महानगरीय प्रहरी वृत्त, कालिमाटीले बताएको छ ।
राति चोरीको आशंकामा नियन्त्रणमा लिएर ड्युटी अफिसरको कार्यालयमा राखिएको संकास्पद व्यक्तिहरु त्यहीबाट फरार भएका हुन् ,उनीहरूको खोजी भइरहेको जानकारी महानगरीय प्रहरी वृत्त, कालिमाटीले जानकारी दिएको छ ।
