नेपाल सरकारका प्रबक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल बिधुत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताएका छन्।
शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक नभएको बताएका छन्। मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने ज्ञवाली को भनाइ छ।
उनले भने ‘कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट छ तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन’
कुलमान घिसिङलाई नै नियुक्ति गर्नै परेमा पनि नयाँ कानुन अनुसार गरिने तर यसबारे सरकारले छलफल गरिरहेको बताएका छन् ।
