मध्यपुर थिमि नगरपालिका का ७४ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको वीर अस्पतालमा मृत्यु भएको छ। मध्यपुर थिमि नगरप्रमुखका अनुसार ७ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका ती पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि तीन दिनअघि वीर अस्पताल लगिएको थियो ।
वीर अस्पतालमा उपचारकै क्रममा ती पुरुषको आज मृत्यु भएको जनाइएको छ । मृतकको परिवारका ७ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु होम आइसोलेसनमै रहेका छन् ।
