ललितपुरको महालक्ष्मी नगरपालिका ४ ईमाडोलमा शुभ श्री टोल बिकास सस्थाले बिशेष भेला शनिबार सम्पन्न भयको छ ! सामाजिक ब्यक्तित्त्व द्वय प्रकाश पराजुली र मंगल थापाको बिशेष आतिथ्यतामा सम्पन्न भेलाले समाजमा हुने उदन्ड शैली र सस्कारलाई चिर्दै नमुना बस्ती निर्माणमा सबै एक भयर अघी बढ्ने प्रण गरेको छ !

सस्थाका सल्लाह्कार शङ्कर सिंह,शङ्कर दाहाल र लीला राज जोशी ज्युले आ आफ्ना बिचार राख्दै सस्थाको प्रगतिकालागी शुभकामना ब्यक्त गर्नुभयो !
यो सस्थाले नयाँ र पुरानो भन्ने सस्कारलाई चिर्दै अघी बढेकोमा खुशी ब्यक्त गर्दै बिशेष अतिथी तथा सस्थाका सम्रक्षक मंगल थापा ज्युले सस्थाको सकारात्मक कदममा हर हमेसा साथ रहेको बताउनुभयो !
७ दर्जन बढी सदस्यहरुको उपस्थिती रहेको सभाको सभापतित्व गरेका सस्थाका अध्यक्ष रमेश थापाले समाजको नयाँ रुप फेर्ने अभियानमा सबैको साथको अपेक्षा राख्दै गलत बिचार र कदमका झुन्ड्हरुको चलखेल हाम्रो समाजमा गर्न नपाईने कुरामा जोड दिनुभयको छ !
कुराकानी सकियो
