अर्जुन राज भण्डारी
लामो समय देखी जिर्ण अवस्थामा रहेको महालक्ष्मी नगरपालिका ३ इमाडोल ललितपुरको बोजेपोखरीलाई प्रयटकिय हिसाबले बिकास गर्न लागि परेको बोजेपोखरी नागरिक समाजले बोजेपोखरी सरसफाई अभियान सुरु गरेको छ !
हिलो र झार भरियको फोहोर पानी सहितको बोजेपोखरी असरल्ल मात्र होइन दुर्गान्धित पनि छ ! बर्षायाम मा जमेको पानीमा झारपात सडेकाले गन्हायर नजिक जान नसकिने अवस्थामा रहेको यो पोखरीको सरसफाई गरी सुब्यबस्थित गर्न सके यो क्षेत्रकै बिकासमा टेवा पुग्ने बताउदै बोजेपोखरी नागरिक समाजका संयोजक जय कुमार के सि ले राज्यले यसको सम्रक्षण र सम्बर्दनमा कुनै चासो नदेखायको समेत बताय !
स्थानिय युबा,समाजसेवी,राजनीतिज्ञ,बुद्दिजिबी लगायतका दर्जनौको उपस्थिती रहेको यो अभियानलाई पुरा गर्न निरन्तर शनिबार गरिनुपर्ने राय दिदै स्थानिय नेता पवनबिक्रम थापाले सुझाब दियका छन ! सामाजिक दुरी कायम गरी सुरु गरियको कामले सकारात्मक उपलब्धी हाशिल होस शुभकामना !!

