कृषिसमाचार

कृषिमा अात्मा निर्भरता!!!

[mashshare]
अात्मा निर्भर कृषि भनेर समवन्धित निकायहरु ढ्वाङ पिटिरहेका छन।उता कृषकहरु दिनानुदिन पर निर्भर बनाईंदै छ।देश काल परिस्थिति,भुगोल ,हाम्रो रितिथिति परम्परा अादिलाई पटक्कै वास्था नगरेर मुर्खता शव्दको अपमान हुनेगरी हामी मुर्खता गरिरहेका छौं। विशेषगरि पहाडी भु-भागमा प्रत्येक घरमा एकहल गोरु हुन्थे,थोरै जग्गा हुनेहरुले एक ,एकवटा गोरु पालेर हल वांधेका हुन्थे।
स्थानीय सामाग्रीको प्रयोग गरेर हलो जुवा लगायतका अौजारहरु तयार गरिन्थ्यो।श्रम वहायक लगभग शून्य लागतमा चलेको थियो हाम्रो कृषि प्रणाली।एकजना हली भए जमीन जोत्ने कार्य सम्पन्न हुन्थ्यो।गोरुसंग बातमार्दै सुस्तरी काम गर्दा दुनियाले अनुभुत गर्न नसक्ने मनोरन्जन प्राप्त हुन्थ्यो।गहिरो जोतिने हुंदा वर्षै पिच्छे फरक फरक माटोको रस खान पाउँदा खाध्यन्न स्वस्थ र प्राकृतिक हुने गर्दथ्यो।किसानहरु दीघजीवी हुन्थे।विषादीहरुको प्रयोग नहुंदा वातावरणीय स्वच्छता कायम रहन्थ्यो।स्थानीय वीउविजनको संरक्षणले माटोको शक्ति ह्रास भएको थिएन।
प्रत्यक्ष अाम्दानी कम देखिए पनि लागत शून्य हुने हुंदा नोक्सानी पटक्कै थिएन। अचेल कृषीको यान्त्रीकरण तिव्र गतिमा अगाडि बढेको छ।कृषि फेरि पनि निर्वहामुखी नै छ। कतै कतै व्यबसायिक खेती शुरु भएको त छ तर वजारको शुनिश्चितताको अभावले वास्तविक किसानहरुको लागत डुवानमा परेको छ।कतै कालो धनलाई श्वेत वनाउने मनसायले कथित कृषिफार्महरु स्थापना गरेको पनि देखिन्छ तिनीहरु पनि कागजी मुनाफामा मात्र रमाएका छन।फार्म उराठिला छन्।सरकारी अनुदान पचाउंन भने शफल भएका छन त्यस्ता कृषि फारमहरु।वास्तविक किसानका फार्महरुको सरकारी अनुदानमा पहुंच पुगेको देखिन्न।
९०% किसान निर्वहामुखी कृषिमा व्यस्त छन ।अव यो यान्त्रीकरणको हौवाले निर्वहा समेत नहुने अवस्थामा गुज्रिरहेका छन साना किसानहरु।त्यसैले उनीहरु विकल्प खोज्न बाध्य भएका छन्।खेतवारी बंझिदै गएका छन्। हलोलाई हाते ट्रयाक्टरले विस्थापन गरिरहेको छ।कम्तीमा ५०,००० मूल्य पर्छ मेसिनको। तेल र पाटपुर्जा खरिद तथा मर्मत खर्च एक यामको खेति लगाउंदा कम्तीमा १०,००० खर्च लाग्ने गर्छ।सामान्यतया ती मेसिनहरु एक ,दुई वर्ष सम्मलाई मात्रै काम लाग्ने खालका छन्।व्ग्रे पछि मर्मत गर्नु भन्दा नयां किन्नु उचित हुन्छ।मेसिनले जमिन जोत्नु भन्दानि कोट्याउने मात्र कार्य गर्नेहुंदा माटोको उर्वरा शक्ति छिटै नाश हुने पक्का छ।हाईव्रिड बीउ,मेसिनको जोताई,किटनाशक प्रयोग अादिले जमिनको मरुभुमिकरणलाई तिव्रता दिएको छ।
गोरु प्रयोग गर्दा एकजना हलीले सबै काम सम्पन्न गर्थ्यो।हाम्रो पहाडी भुगोलमा मेसिनलाई खेतवारी सम्म लैजान २ जना वलिया मान्छे चाहिने ,उकाल्न अोराल्न कठिन हुने ,भाडामा लगाउन नि प्रति घण्टा ७/८ सय लाग्ने ।जमिन जोत्न भन्दा पनि अोसार पसारमा बढी समय लाग्ने।अझ महिला बालबालिका मात्र भएको परिवारले त खेती पटी फर्केरै नहेरे हुने।अन्यत्र बनीबुथो गरेर कमाएको पैसा त्यहा लगानी गर्नु भन्दा वांझो राख्नु उचित भएकैले गाउंघरमा खेती बंझिदै गएका छन्।
खेतिको अाम्दानी भन्दा दोब्बर लगानी हुँदै गएको छ हाम्रो कृषि प्रणाली। अपवाद वहायक,शहरी जीवन शैलीमा हुर्केका महामहिमहरु कृषिका योजनाकार र कृषि गुरु वनेर किसानहरुलाई उपदेश छांटीरहेका छन् जसले नाङ्गा पैतालाले माटो कुल्चिएकै छैनन्। मेसिन,बीउ,मल,अादि सबै कुरामा विदेशको निगाहमा जीउनु पर्ने यो मुलुकमा सरकार,सरकारी विद्वान र अन्य उपबुर्जुकहरु अात्मा निर्भर कृषिको राग अलापीरहेका छन। मुलुकको यो दारिद्रक सोचले गर्दा विदश र विदेशी रिसाएको दिनमा सबै जमिन बांझो हुने कहाली लाग्दो परिदृश्य सन्निकट देखिदै गएको छ।
गोरु पुजा गर्ने संस्कृति भएको मुलुकमा गोरु हेर्न चिडियाखानामा जानुपर्ने स्थिति नअाउला भन्न सकिन्न।सकिन्छ भने सम्वन्धित निकायले, वेलैमा गोरुले तान्न मिल्ने अाधुनिक हलोको विकासमा ध्यान पुरयाअोस।ईच्छा हुंदा हुँदै पनि गोरुको प्रयोग गरेर खेति गर्नु कागको हुलमा बकुल्लो हुने त्राश बढेको छ।म पनि यान्त्रीकरणको दास बनेको छु।

 

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close