समाचार

कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा,रानीपोखरीले मद्दत टोली पठाइयो

[mashshare]

जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा प्रहरी अधिकृतमा दुइ जनामा कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरी हरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालीमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।
सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको छ । प्रहरी कार्यालय पनि सिल गरिएको छ ।

स्रोतका अनुसार रानीपोखरी र काठमाडौं प्रहरी परिसर, टेकुबाट एक सय जनाको टोली पठाइएको हो ।

संक्रमण सुरक्षाकर्मीलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड-१९ विशेष अस्पतालमा राखिएको छ । मंगलबार साँझ उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अनलाइन खबर साभार

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close