समाचार

काठमाण्डौ महानगरपालिका लकडाउन कडाइ गर्दै

[mashshare]

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकाले थप कडाइ गर्ने तयारी आजबाट गरेको छ । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि भीडभाडलाई निगन्त्रण गर्न देशनै पूर्णरुपमा लकडाउन गरेको छ ।

महानगरपालिकाका अनुसार नगरिकले अटरे गरिरहेकाले केन्द्र सरकासँग समन्वय गरी लकडाउनको थप कडाइ गर्ने तयारी भइरहेको छ । महानगरले नागरिकलाई सजग गराउनकै लागि हरेक दिन टोलटोलमा प्रहरी परिचालन गरेको छ भने जनचेतनामूलक कार्यक्रम पनि नियमित रुपमै सञ्चालन गरिरहेको छ।

यसको कुनै प्रवाह नै नगरी नागरिकले टोलटोलमा जम्मा हुने र भीडभाड गर्न कमी नआएकाले महानगरले अन्य थप कदम सञ्चालन गर्न लागेको हो।

भनेको भन्दा बढी समय बिहान बेलुका हाट बजार सञ्चालन गरेझैँ विभिन्न खाद्य पसल र तरकारी बजारमा भीड हुँदा घरघरमा कोरोना भाइरस जाने सम्भावना बढेको भन्दै महानगरले चिन्ता समेत व्यक्त गरेको छ । पसलमा हुने भीड कम गर्नकै लागि महानगरले विभिन्न ११ स्थानमा तरकारी पसल सञ्चालनको अनुमति दिएको छ भने खाद्य सामग्रीका पसललाई पनि बिहान ८ बजेसम्म मात्र खोल्न र एक आपसमा दुरी कायम गर्न समेत भनेको छ ।

लकडाउनको शुरुको समयमा नै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कुनै पनि नागरिकलाई आफ्नो आफ्नो घरमा नै रहन आग्रह गर्दै उक्त समयमा कुनै किसिमको समस्या आइपरेका हरुलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न भन्दै सबै जनप्रतिनिधिको मोबाइल नम्बर समेत सार्वजनिक गर्नुभएको थियो ।

महानगरको बाहिरी क्षेत्रमा लकडाउनको राम्रोसँग पालन भए पनि भित्री क्षेत्र मखन टोल, इन्द्र चोक, असन, दमाइटोल, , क्षेत्रपाटी, शोभा भगवतीलगायतका स्थानमा नागरिकले लकडाउनको उल्लङ्घन गरिरहेको जनाइएको छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close