काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष **हर्क साम्पाङ** मोटरसाइकल दुर्घटनामा परेका छन्।
उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बाटोमै उनी दुर्घटनामा परेका हुन्।
दुर्घटनामा साम्पाङको हातमा चोट लागेको भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता **सुदन किराँती** ले जानकारी दिएका छन्।
दुर्घटनापछि पनि साम्पाङ कार्यक्रमस्थलमा पुगेका थिए। पार्टी स्रोतका अनुसार चोट सामान्य रहेकाले उनले कार्यक्रममा सहभागिता जनाउन सफल भएका थिए।
