माननीय दिपेन्द्र, साहित्यकार लेकालीसहित समाजसेवीहरु सम्मानित
२०८२ साउन १५, काठमाडौं ।
काठमाडौं क्षेत्र न. १ एकता समाजले आज क्रिष्टल पाटी प्यालेस, काठमाडौंमा आयोजना गरेको खीर खाने कार्यक्रममा माननीय दिपेन्द्र श्रेष्ठ, समाजसेवीहरु कृष्ण के. सी., देवराज शर्मा र अम्बिका अर्याललाई सम्मान गर्यो ।
यसैगरी सोही कार्यक्रममा एस एस फाउन्डेसन
काठमाडौं, नेपालले वरिष्ठ साहित्यकार राधेश्याम लेकालीलाई नगद राशि रु. २५,०००/- (पच्चिस हजार)सहित सम्मान गर्यो ।
लेकालीलाई विभिन्न साहित्यिक र सामाजिक संस्थाहरुको नेतृत्व तहमा रहेर आफ्ना सिर्जनाका माध्यमबाट नेपाली साहित्यको उन्नयन र विकासमा योगदान गरेवापत सो सम्मान गरेको हो ।
गर्नु भएका तपाईंले यस फाउन्डेसनको विभिन्न कार्यक्रम र अभियानमा पुर्याउनु भएको योगदाननको उच्च कदर गर्दै गर्दछौं ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नु भएको हो ।
एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सहजीकरण गर्नु भएको सो कार्यक्रममा वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी.ले स्वागत गर्नु भएको थियो । उहाँले साउन पन्ध्र, खीरको महत्व र नेपाली पर्वकोबारे स्पस्ट गर्नु भएको थियो ।
काठमाडौं क्षेत्र न. १ एकता समाजका अध्यक्ष चमन कोइरालाको सभापतित्वमा आयोजित सो कार्यक्रममा एस एस फाउन्डेसनका संरक्षक समाजसेवी एवं गीतकार शोभित उप्रेतीले कार्यक्रमको प्रायोजन गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार, कलाकार, पत्रकार, समाजसेवीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।
