च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

मनोरन्जन मुख्य समाचार समाचार

८ दशकपछि “संगीत प्रवेशिका” पुस्तकको चर्चा सङ्गीतकार राजु सिंह सम्मानित 

पत्रकार संघ (Literary Journalist Association)ले आज २०८२ साउन १७ गते संगीत साधक परशुरामभक्त माथेमाद्वारा २००३ सालमा लिखित “संगीत प्रवेशिका” पुस्तकको परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो ।

जेभिएर एकाडमी, लाजिम्पाट, काठमाडौंमा आयोजित सो कार्यक्रममा संघले चर्चित युवा सङ्गीतकार राजु सिंहलाई पहिलोपटक “परशु-चन्द्र सङ्गीत सम्मान” बाट सम्मानित गर्‍यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदुत केदारभक्त माथेमाले प्रदान गर्नु भयो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा “संगीत प्रवेशिका” पुस्तकबारे वरिष्ठ सङ्गीतकारहरु प्रदिप बमजन र संगीता राणा प्रधानले गर्नु भएको थियो ।

यसैगरी प्रमुख अतिथि पूर्व राजदुत केदारभक्त माथेमाले  संगीत साधक परशुरामभक्त माथेमाको जिवनी र व्यक्तित्वमा प्रकाश पार्दै योगदानको चर्चा गर्नु भएको थियो ।

सो कार्यक्रममा स्रष्टा हरिश कल्पितले सम्मानित सर्जक राजु सिंहको परिचय गराउनु भएको थियो भने शिक्षक नारायणप्रसाद खनालले परशुरामभक्त माथेमाले माताश्रीको नाममा रच्नु भएको “श्रद्धाञ्जली” छन्द कविता वाचन गर्नु भएको थियो।

शिक्षाविद् डा. श्रीराम भक्त माथेले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष लेकाली, सम्मानित सङ्गीतकार राजु सिंहले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

वरिष्ठ आख्यानकार पद्यमावती सिंहले सहजीकरण गर्नु भएको सो कार्यक्रममा गायकहरु मथुरा श्रेष्ठ, प्रजाभक्त श्रेष्ठ,अन्ना श्रेष्ठ, सुनन्दा माथेमा, डिसु भण्डारी लगायतले गीतहरु गाउनु भएको थियो ।

कार्यक्रममा साहित्यकार, संगीतकार, पत्रकारलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *