एकता समाज क्षेत्र नं. १ द्वारा “खिर खाने” कार्यक्रम भव्य रूपमा सम्पन्
राजनीतिक, साहित्यिक, सामाजिक व्यक्तित्वको उल्लेखनीय उपस्थिति
काठमाडौं — काठमाडौं क्षेत्र नं. १ मा सक्रिय एकता समाजद्वारा आयोजित “खिर खाने” कार्यक्रम भव्य रूपमा क्रिस्टल पार्टी प्यालेस, बानेश्वरमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि (राप्रपा) अध्यक्ष तथा सांसद माननीय राजेन्द्र लिङ्देन हुनुहुन्थ्यो। उहाँले आफ्नो मन्तव्यमा यस्तो सामाजिक र साङ्गीतिक चेतनासँग जोडिएको कार्यक्रम आयोजना गर्नुभएकोमा दानवीर तथा गीतकार सोभित उप्रेतीलाई पटक–पटक धन्यवाद व्यक्त गर्नुहुँदै बानेश्वर क्षेत्र नं. १ का स्थानीयको उत्साहजनक सहभागिता देख्दा निकै खुशी लागेको बताउनुभयो।
कार्यक्रममा माननीय दीपेन्द्र श्रेष्ठ, क्षेत्र नं. १ का कलाकार, पत्रकार, समाजसेवी, बुद्धिजीवीहरू लगायत स्थानीय समुदायको बाक्लो उपस्थिति देखिएको थियो।
कार्यक्रम वरिष्ठ नाट्यकार मदन दास श्रेष्ठको आकर्षक सञ्चालनमा सम्पन्न भएको थियो।
सो अवसरमा विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सामाजिक सेवा सम्मान समेत प्रदान गरिएको थियो।
कार्यक्रमको सभापतित्व चमन कोइरालाले गर्नु भएको थियो।
