च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

मुख्य समाचार शुभकामना समाचार समाज संस्कृति तथा परम्परा

पूर्वमन्त्री पशुपति शमशेर राणालाई ८४ औँ जन्मोत्सवको अवसरमा नागरिक जनसम्मान

पूर्वमन्त्री एवम् राप्रपाका नेता पशुपति शमशेर जवरालाई शुक्रवार नागरिक जनसम्मान गरिएको छ । पशुपति शमशेर जबराको ८४ औँ जन्मोत्सवको अवसरमा उनलाई नागरिक जनसम्मान गरिएको समाजसेवी शोभित उप्रेतीले बताए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विकास प्रेमी नेता राणालाई राप्रपाको तर्फबाट अध्यक्ष लिङ्देनले सम्मानपत्र प्रदान गरेका थिए भने नागरिक जनसम्मान मूल समारोह समितिको तर्फबाट समाजसेवी शोभित उप्रेतीले सम्मानपत्र प्रदान गर्नु भएको मूल समारोह समितिका संयोजक नवीन शाहीले     बताए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै राप्रपा नेता माननीय पशुपति शमशेर राणाले आफ्नो प्राणमै राजनीति रहेको बताए । नेता राणाले विभिन्न कालखण्डमा आफूले विभिन्न मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएको र त्यसबेला आफूले जनताको सेवा गरेको स्मरण समेत गरे ।

कार्यक्रममा पशुपति शमशेर राणाको जीवनीको बारेमा पूर्व सचिव द्वारीका ढुङ्गेलले जानकारी गराएकी थिइन् भने वटुक द्वारा आर्शिवाद प्रदान गरिएको थियो । त्यसैगरी काठमाडौँमा रहेका शक्तिपिठहरूमा पूजाअर्चना तथा विभिन्न ६० वटा संघ– संस्थाको तर्फबाट सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री राजेन्द्र लिङ्देनले राणाको दीर्घ राजनीतिक योगदानको स्मरण गर्दै राष्ट्रप्रतिको उनको प्रतिबद्धता र अनुभवले नयाँ पुस्ताका लागि प्रेरणा दिने उल्लेख गरे।

समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति, सम्मानपत्र वितरण तथा शुभकामना सहितको कार्यक्रमसमेत सम्पन्न भयो।

कार्यक्रमले वरिष्ठ र अनुभवी नेतृत्वको सम्मान गर्नु सामाजिक एकता र प्रेरणाको सन्देश दिन सफल भएको सहभागीहरूले बताएका थिए।

नागरिक जनसम्मान मूल समारोह समितिका संयोजक नवीन शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *