
सन्देश कोइराल
नेपाली कांग्रेस कास्कीका उम्मेदवार खेमराज पौडेलसहित कांग्रेसका नेताहरू घरदैलो अभियानमा जाँदा बाटो अवरुद्ध गरिएको छ। पोखरा–१६ बाट अर्मला जानेक्रममा अर्मलाकोटमा बाटो अवरुद्ध गरिएको कांग्रेस नेता ऋषि काफ्लेले जानकारी दिए।
उनका अनुसार बाटो खनेर ढुंगा थोपरिएको छ। नजिकै डोजर छ तर चालक छैनन्। जबकि निर्बाचन आचार संहिता अनुसार निर्बाचनका बेला विकास निर्माणका कुनै पनि काम गर्नसमेत पाइदैन।https://www.youtube.com/watch?v=2oZyvt5S96A&t=254s
यो कांग्रेस उम्मेदवारसहित नेताहरू आउने भन्ने चाल पाएर सुनियोजित रुपमै बाटो अवरुद्ध गरिएको युवा नेता गोविन्द लामिछानेले बताए। गाडी गुडाउनै नमिल्ने गरी बाटो अवरुद्ध भएपछि उम्मेदवार पौडेलसहितका नेताहरू हिंडेरै अर्मला पुगेको बताइएको छ।
प्रकाशित मिति: बिहीबार,६ मंसिर २०७६
७:00 बिहानी
