मंसीर १४ गते हुने उप- निर्बाचन नजिकीय सँगै भक्तपुरमा राजनीतिक दलहरूको तर्फबाट उमेद्वारी दाबी गर्नेको भीडनै लागेको देखिएको छ। यसबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पनि अछुतो रहन सकेको छैन। नेकपाबाट टिकट दाबी गर्नेहरूमा चाँगु नारायण वडा नं १ बाट गोबर्धन खड्का,वडा नं२ बाट बासुदेब खड्का, राम बहादुर श्रेष्ठ, वडा नं ४ बाट मोहनबीर श्रेष्ठ, रमेश बुढाथोकी र डीपी ढकाल लगायतको दाबी रहेको छ।
नेकपा बाट निर्बाचित प्रदेश सभा सदस्य हरिसरण लामीछानेको आकस्मिक निधनले रिक्त रहेको स्थानमा नेकपाले आफ्नो शाख गुमाउन चाहेको छैन। त्यस कारण पनि कार्यकर्ताहरू हरिशरण लामिछानेको पत्निलाई नै टिकट दिनु पर्नेमा जोड दिईरहेका छन्। अर्को तर्फ हरिशरण लामिछानेकी पत्नि राजनीतिमा त्यति सक्रिय नभएको कारण पार्टिमा योगदान पुरयाउने नेतालाई टिकट दिनु पर्ने बताउँछन्।
भक्तपुरको नेकपा तात्कालिन नेकपा एमालेको संगठन बिस्तारमा लागि परेका युवा नेताको नेकपा चाँगु प्रदेशको राजनैतिक बृत्तमा निकै चर्चा चल्न थालेको छ।
उनको नाम हो रमेश बुढाथोकी। रमेश बुढाथोकी चाँगुनारायण नगरपालिका वडा नं ४ साबिक चाँगुनारायण गा बी स बुढाथोकी गाउँमा जन्मेका हुन्। उनले एसएल सी दिएसँगै नेकपा एमालेको सदस्यता लिएर २०४८ साल देखि कम्युनिस्ट राजनीति सुरु गरेका हुन्। कलिलै उमेरमा गाउँ कमिटी सचिब भएर एमालेको संगठन बिस्तारमा लागिपरेका बुढाथोकीले २०५४ सालको स्थानीय चुनाबमा चाँगु गाबिसमा नेपाली काँग्रेसको गढ मात्र ढालेनन् आफूलाई कान्छा गाबिस उपाध्यक्षका रुपमा पनि उभ्याएर अध्यक्ष पद पनि नेकपा एमालेको पोल्टामा पारिदिए।
२०५४ सालपछि स्थानीय निर्बाचन नहुँदा बुढाथोकीले आफूलाई एक सफल ब्यबसायीको रुपमा उभ्याए। ब्यबसाय मात्र उनको पाटो नभई समाज सेवा र पार्टिको नेतृत्व तहमा रहेर संगठन बिस्तारमा लागिरहे।
बुढाथोकी चाँगुनारायण नगर कमिटी अध्यक्ष हुँदा नै स्थानी निर्बाचनमा चाँगुनारायण नगरपालिमा मेयर उपमेयर जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। नेकपा एमालेकोको भातृसंगठन युवा संघको भातृ संगठन युवा संघको लेखा समिति र आर्थिक बिभागमा रहेर काम गरि सकेका छन् भने एमालेको क्षेत्रीय सदस्य र जिल्ला सदस्य रहेर संगठन बिस्तारमा लागि रहेका छन् नेकपा एमाले र नेकपा माओबादी केन्द्र बीच एकीकरण भएपछि हाल जिल्ला सदस्य भएर काम गरिरहेका छन्।
बुढाथोकीले समाज सेवालाई पनि निरन्तरता दिदै आएका छन्।उनले दोलागिरी माबिलाई १२ कक्षा सम्म सञ्चालन गर्नु पर्छ भनेर कक्षा कोठा थप गर्न, स्थानीको मृत्यु हुँदा पार्थीब शरीरलाई बोकेर टाढा सम्म जानू नपरोस भनेर ज्योतिर्लिङ्गेश्वर महादेब मन्दिर परिषरमा घाट निर्माण गर्न सहयोग पुरयाएका छन्।
यस्तै चाँगु बासीलाई २०७२ सालको भुकम्पबाट क्षेति पुगेका घरहरू भत्काउन र टहरा बनाउन निकै लागि परेका थिए।आफ्नो ठाउँमा मात्र सिमित नभै दोलखा जिल्ला शैलुङ्ग गाउँपालिका ८ श्री शारदा माध्यमिक बिद्यालय प्राङ्गणमा निर्णय भएको मन्दिरम पनि उहाँको ठुलो योगदान गर्नुभयको थियो।
चाँगुमा अपाङ्ग भबन बनाउन एम्बुलेन्स खरिद गर्न पनि सहयोग गरेका बुढाथोकीलाई चाँगुबासीहरू उमेद्बारको रुपमा हेर्न चाहन्छन्। पार्टीको नेतृत्व तहमा रहेर सधैँ स्थानीयको निकट रहेको रमेश बुढाथोकी यश पटकको उप निर्वाचनमा नेकपाको शाख गिर्न नदिन पनि आफूले टिकट पाउनु पर्ने दाबी गर्छन्। बुढाथोकी नेताको दैलो धाउनेले भन्दा जनताको दैलो धाउनेलाई टिकट दिनु पर्ने बताउँछन्। आफूले टिकट नपाए पनि दुःख नमान्ने बताउँदै जस्ले टिकट ल्याए पनि नेकपाको प्रतिनीधिको रुपमा स्वीकार गरि जिताउन लागि पर्ने बताउँछन्।जुनै उम्मेद्बारीले जितेपनी जनता भाबन बुजेर बिकास गर्नुपर्निमा उहाँले जोड दिनु भयो
Chat Conversation End
